१२ श्रावण २०८१, शनिबार
Logo

प्रदेश ३ का मुख्यमन्त्रीले दिए हावाहुरी प्रभावितलाई एक करोड

जिल्लाको हावाहुरी प्रभावितको लागि प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन्।

प्रदेश ३ का मुख्यमन्त्री पौडेलले बुधबार प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री राउतलाई एक करोडको चेक हस्तान्तरण गरेका हुन् ।

गएको चैत १९ गते बारा र पर्सा जिल्लामा भीषण हावाहुरीका कारण २८ जनाको ज्यान गएको थियो भने एक हजार बढी घाइते भएका थिए।

हावाहुरीबाट प्रदेश २ को बारा र पर्सा जिल्लामा जनधनको ठूलो क्षति भएपछि प्रदेश ३ सरकारले राहतस्वरूप एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विपतको बेला सहयोग गरेकोमा मुख्यमन्त्रीलाई धन्यवाद दिए।

यस्तै, प्रदेश ३ का सांसदहरूको तीन दिनको तलब बराबर चार लाख ६९ हजार ५० रुपैयाँ मुख्यमन्त्री राहत कोषमा जम्मा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्