२१ मंसिर २०७८, मंगलबार
Logo
Hotel Yangra Nuwakot Trishuli

बालुवाटारको जग्गामा राष्ट्रिय झन्डा गाड्न गएका विवेकशील नेपालीका कार्यकर्ता पक्राउ

काठमाण्डौ – विवेकशील नेपालीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।

बालुवाटारको सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपालीका संयोजक उज्वल थापासहित १७ जनालाई प्रहरीले पक्राउ गरेको हो।

निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत कमलपोखरीले जनाएको छ। पक्राउ परेकालाई महानगरीय प्रहरी वृत कमलपोखरीमा राखिएको प्रहरीले जनाएको छ।सार्वजनिक जग्गा व्यक्तिको नाममा रहेको सार्वजनिक भएपछि सत्तारूढ दल नेकपाका महासचिव विष्णु पौडेलसमेत मुछिएका छन्।

प्रतिक्रिया दिनुहोस्