१ आश्विन २०८१, मंगलवार
Logo

पदको मोहमा जुट्दा नेपाली काङ्ग्रेस भित्र गुट उपगुट सिर्जना – हरिबोल भट्टराई

नुवाकोट,देशमा बढिरहेको भष्ट्राचार, दुराचारका विरुद्ध नेपाली काङ्ग्रेसले खबरदारी गर्न नसक्दा नेपाली काङ्ग्रेस भित्र गुट उपगुट सिर्जना भएको बताईएको छ । नेपाली काङ्ग्रेस विपी नुवाकोटको आयोजनामा नव वर्ष २०७६ पावन अवसरमा आयोजित शुभकामना आदानप्रदान बोल्दै नेपाली काङ्ग्रेस विपीका केन्द्रीय सभापति हरि बोल भट्टराईले राष्ट्रियता जोगाउन, राष्ट्रलाई सर्वोपरि मान्दै समावेशीकरण र समतामुलक रुपमा जनतालाई शशक्तिकरण गर्न विपीले देखाएको बाटोमा नेपाली काङ्ग्रेस चुकेको बताउनु भयोे । उहाँले जनताको जिवनस्तर उकास्दै देशलाई समृद्ध बनाउन, भौतिक विलासितामा भन्दा माथी उठ्न नेपाली काङ्ग्रेस चुकेको बताउदै विपिको समाजवादलाई कुल्चिदै नेपाली काङ्ग्रेसले जनतालाई भ्रमित बनाएको बताउनु भयो । सभापति भट्टराईले काङ्ग्रेस भित्र पदको मोह, विपिको मार्ग विपरित हिड्नाले नेपाली काङ्ग्रेस विपीको जन्म भएको  बताउनु भयो ।

नुवाकोटको सदरमुकाम विदुर नगरपालिका वडा नं ४ वसपार्कमा भएको नेपाली काङ्गे्रस विपीका उप सभापति झलकनाथ वाग्ले, महामन्त्री सुशिलमान शेरचन, महामन्त्री पुष्प पराजुली, महिला नेत्री इन्द्रिरा अधिकारी लगायतका व्यक्तिको उपस्थित रहेको थियो ।
त्यसै गरि उक्त कार्यक्रममा शिवपुरि गाउपालिका वडा नं ३ का फुलमान तामाङ,कान्छा तामाङ, सिताराम तामाङ, बल बहादुर तामाङ, विदुर नगरपालिका वडा नं ६ का देवेन्द्र कुमाल लगायतका करिव १५ जना भन्दा बढिले नेपाली काङ्ग्रेस विपिमा पार्टी प्रवेस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्