२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

नु.उ.वा.सं.मा नवनिवार्चित लोकतान्त्रिक टिमले गर्याे शपथ ग्रहण

नुवाकोट,नुवाकोट उद्योग वाणिज्य संघमा नवनिर्वाचित तथा विजयी प्यानलका पदाधिकारीहरुले मंगलबार नुवाकोट उद्योग वाणिज्य संघको भवनमा शपथ ग्रहण गरेका छन् । उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य राजन श्रेष्ठद्धारा निर्वाचित अध्यक्ष ताराबहादुर कार्कीलाई शपथ ग्रहण गराइएको छ । त्यसै गरि उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य राजन श्रेष्ठ र निर्वाचित अध्यक्ष तारा बहादुर कार्कीद्धारा अन्य पदाधिकारी तथा निवार्चित सदस्यहरुलाई शपथ ग्रहण गराइएको छ ।

कार्की प्यानलै विजयी भएपछि सोमबार र मंगलबार नुवाकोटको सदरमुकाम देखि ग्रामिण भेग सम्म विजयी टिमलले र्याली निकालेको छ । सोमबार विदुर चोकबाट बट्टार चोकसम्म बाजा सहित र्याली निकालिएको थिायो । मंगलबार नुवाकोट उद्योग वाणिज्य संघबाट नेपाली काङ्ग्रेस पार्टी कार्यालय नुवाकोट हुदै विदुरको लोकतान्त्रिक चौताराबाट देविघाट चोक र जिल्ला भरि नै बाजा सहित विजयी र्याली निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्