नुवाकोट उद्योग वाणिज्य संघमा लोकतान्त्रिक कार्कीको प्यानलै विजयी
नुवाकोट,नुवाकोट उद्योग वाणिज्य संघको मत नतिजा सोमबार सार्वजानिक गरिएको छ । शनिवार सम्पन्न भएको नुवाकोट उद्योग वाणिज्य संघको १० औँ अधिवेशनबाट वर्तमान अध्यक्ष तारा बहादुर कार्कीको लोकतान्त्रिक प्यानलै विजयी सफल भएको छ । नेपाली काङ्गेस निकट वर्तमान अध्यक्ष तारा बहादुर कार्की र नेकपा निकट पूर्व उपाध्यक्ष रमेश श्रेष्ठविचको प्रतिपष्र्धाबाट कार्की प्यानलले विजय हासिल गरेको हो । जम्मा खसेको १४६३ कुल मत मध्ये कार्कीले ८१७ मत ल्याएका छन् भने उनका निकतम् प्रतिद्धन्दी श्रेष्ठले ५९४ मत ल्याएका छन् । श्रेष्ठलाई २२३ मतले हराउदै कार्कीले यसपटक पनि नुवाकोट उद्योग वाणिज्य संघको अध्यक्षको बाजी मार्न सफल भएका हुन् ।त्यसै गरि वरिष्ठ उपाध्यक्षमा गिता अमात्यले निकतम् प्रतिद्धन्दी रामकृष्ण राज भण्डारीलाई ३२३ मतान्तरले हराउदै विजयी भएकी हन् । प्रथम उपाध्यक्षमा राजेन्द्र श्रेष्ठले उसनमान श्रेष्ठसगको प्रतिष्पर्धामा २४९ मतान्तरले विजयी प्राप्त गरेका हुन् , भने सन्तोष उप्रतीले आफ्ना निकतम प्रतिद्धन्ती लिडर श्रेष्ठलाई १७६ मतान्तरले हराउदै द्धितिय उपाध्यक्ष हुन सफल भएका हुन् , महासचिवतर्फ भने कृष्ण प्रसाद अधिकारी र दिपक कायस्थ विच भएको प्रतिष्पर्धामा कृष्ण प्रसाद अधिकारीले २२९ मतान्तरले आफ्ना प्रतिद्धन्द्धी दिपक कायस्थलाई हराएका हुन् , सचिबमा भने उपेन्द्र बुढाथोकी राजु बोगटीलाई ९२ मतान्तरले हराउदै विजयी भएका हुन्, कोषाध्यक्ष भने दिनेश कुमार श्रेष्ठ आफ्ना निकतम प्रतिद्धन्द्धीराजाराम अधिकारीलाई ४३३ मतान्तरले हराउदै विजयी भएका हुन् भने प्रवक्तामा सविन राज भण्डारीले आफ्ना प्रष्तिप्रर्धी श्यामसुन्दर श्रेष्ठलाई ४६६ मतान्तरले हराउदै विजयी भएका छन् । र अन्य कार्की प्यानलका १२ सदस्य र २ वस्तुगत सदस्यमा विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्