१२ श्रावण २०८१, शनिबार
Logo

माछापुच्छ्रे बैँक लि.को ९८ औँ शाखा अब नुवाकोटको बट्टारमा

विदुर,माछापुच्छ्रे बैँक लि. त्रिशुली शाखाको नुवाकोटमा सेवा सुरु भएको छ । आइतबार नुवाकोटको सदरमुकाम विदुर नगरपालिका वडा नं ४ दम्कीमा माछापुच्छ्रे बैँक लिमिटेड त्रिशुली शाखाको उद्धघाटन भएको छ । विदुर नगरपालिकाका प्रमुख सन्जु पडिण्तले माछापुच्छ्रे बैँकलाई कृषिमा लगानी गर्न रोजगारमुलक कार्य गर्न आग्रह गर्नु भयो । उहाले पछिल्लो समय नुवाकोटमा विभिन्न बैँक तथा वित्तिय संस्थाको हब बन्दै जादा माछापुच्छ्रे बैँकले आफ्ना ग्राहकलाई सेवा प्रदान गर्नाका साथै सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बताउनु भयो ।

नेपाल राष्ट्र बैकबाट “क” वर्गको इजाजत प्राप्त वित्तिय संस्थाको रुपमा रहेको उक्त बैँकको चुक्ता पुँजी आठ अर्ब पाँच करोड रुपिँया रहेको छ । हाल माछापुच्छ्रे बैँकले निक्षेप संकलन तर्फ पचासी अर्ब सत्र करोड रुपिँया रहेको छ भने कर्जा प्रवाह तर्फ चौहत्तर अर्ब पैसठ्ठी करोड रकम रहेको छ ।  त्रिशुली शाखा माछापुच्छ्रे बैँकको ९८ औँ शाखा रहेको हो

प्रतिक्रिया दिनुहोस्