१२ श्रावण २०८१, शनिबार
Logo

फोहोर बोक्ने आइचरले ठक्कर दिंदा ककनी गाउपालिकाका एक किशोरको मृत्यु

नुवाकोट, फोहोर बोक्ने आइचरले ठक्कर दिंदा एक किशोरको मृत्यु भएको छ ।
नुवाकोटको ककनी गाउपालिका वडा नं २ को डम्पिङ साइडमा काठमाडौबाट फोहोर बोकेर गएको आइचरले ठक्कर दिदाँ किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बा२ ख ९६४७ नम्बरकोे आइचरले ठक्कर दिदाँ ओखरपौवाका १३ वर्षिय संजोक  नेपालीको मृत्यु भएको हो ।
घाइते नेपालीको टोखा स्थित ग्रयाण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ।ल्याण्डयफिल साइटमा फोहोर टिप्ने काम गर्दै आएका नेपालीको मृत्यु भएपछि ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन ठप्प भएको छ । आइचर चालकलाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिगेको छ ।

प्रतिक्रिया दिनुहोस्