११ चैत्र २०८१, मंगलवार
Logo

मनकारी वडा अध्यक्ष दयानिधी

पछिल्लो समय निर्वा्चित स्थानिय सरकारको चौतर्फी आलोचना निकै हुने गरेको छ ,जिबनशैलि र तडकभडक निकै महंगो भएको सरोकार वालाहरुको निकै गुनासो आउने गरेको छ । तर सगै यस्ता जनप्रतिनिधीहरु पनि निर्वा्चित भएका छन् जस्ले आफ्नो रोजीरोटी समेत बाडेका छन् । उदार बादी जनप्रतिनीधी मध्येका एक कुशल र मनकारी जनप्रतिनिधी हुन् दयानिधी अधिकारी । दयानिधी अधिकारी तारकेश्वर गाउपालीका वडा नं १ का वडा अध्यक्ष हुन् । उनले आफ्नो ३ महिनाको एक मुष्ट तलब वडाकै दाङसिङ माध्यामीक बिद्यालयलाइ उपलब्ध गराएका छन् । आफ्नो तीन महिनाको सेवा सुबिधा बापतको रकम आफ्नै वडाको बिद्यालयको भौतिक सुधारका लागि प्रदान गरेका छन् ।। सहयोग रकम हस्तान्तरण पछि वडा अध्यक्ष अधिकारीले जनताको मत र मायाबाट आफू जनप्रतिनिधि बनेकाले निरन्तर जनताकै सेवामा समर्पित भईरहने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्