१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोट प्रथम फुटसल कपको उपाधि नुवाकोट मदिरा व्यवसायी “ए” लाई

“स्वास्थ नै मूल धन हो ” भन्ने मूल नाराका नुवाकोटमा शुक्रबार देखि सञ्चालन भएको दुई दिने प्रथम नुवाकोट फुटसल कप प्रतियोगिता २०७५ को उपाधि नुवाकोट मदिरा व्यवसायी “ए” ले हात पार्न सफल भएको छ । नुवाकोटको सदरमुकाम विदुर नगरपालिका वडा नं ४ बट्टारमा सञ्चालन भएको शनिबारको फाइनल खेलमा कोलनी युथ क्लब र नुवाकोट मदिरा व्यवसायी “ए” विच भएको खेलमा ४–३ ले नुवाकोट मदिरा व्यवसायी“ए” विजय भएको छ ।

खेलमा नुवाकोट मदिरा व्यवसायी “ए” का राम बहादुर ठाकुर उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । १० टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने नुवाकोट व्यवसायी “ए” लाई ५० हजार, द्वितीय हुने कोलोनी युथ क्लब टिमलाई ३० हजार तृतीय हुने गौरीबेशी युथ क्लब टिमलाई १० हजारसहित ट्रफि, प्रमाणपत्र र मेडल विदुर नगरपालिकाका प्रमुख सन्जु पडिण्तले प्रदान गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्