१२ श्रावण २०८१, शनिबार
Logo

बट्टारमा निमार्ण हुने घण्टारघरको शिलान्यास सम्पन्न

बट्टार, प्रदेश सरकारको सहयोगमा नुवाकोटको बट्टारमा घण्टाघर निमार्ण हुने भएको छ । नुवाकोटको सदरमुकाम विदुर नगरपालिका वडा नं ४ बसपार्क जाने चोकमा निमार्ण हुन लागेको घण्टाघरको विदुर नगरपालिकाका प्रमुख सन्जु पडिण्तले शिलान्यास गर्नु भएको हो । ५६ फिटको उचाईमा निमार्ण हुने घण्टाघरका लागी ५० लाख रकम छुट्याइएको प्रमुख सन्जु पडिण्तले बताउनु भयो । उहाँले भन्नुभयो,“विदुर नगरपालिकाको पहिचानका लागी र बाह्य तथा आन्तरिक पर्यटन भित्र्याउने उदेश्यका साथ बट्टारमा घण्टाघर निमार्ण नुवाकोटको इतिहास जोडिएको नुवाकोटको भैरबी मन्दिर,दविघाट जालपा धामको डिपिआर गरि विकास गर्ने कार्यमा हामी अघि बढेका छौ ।” साथै प्रमुख पडिण्तले विदुर नगरपालिका वडा नं ५ गंगटे भन्दा माथि करिव दुई करोडको लागतमा पार्क निमार्ण, वडा नं १२ को माले भन्ज्याङमा पनि पार्क निमाार्ण डिपिआरको काम भइरहेको बताउनु भयो । हरेक वडामा पार्क निमार्ण सगँै नगरको वडा नं ५ र वडा नं ६ मा व्यवस्थित बस्ती निमार्ण कार्ययक्रमका लागी प्रदेश सरकारलाई पहल गरिएको प्रमुख पडिण्तले बताउनु भयो । उहाले भन्नुभयो,“हामी प्रदेश र केन्द्रका सरकारलाई गुहारेरै भएपनि अस्तव्यस्त रुपमा रहेको विदुर नगरपालिकालाई स्मार्ट सिटी बनाएरै छाड्ने छौ ।”

 


त्यसै गरि कार्यक्रममा विदुर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष टलकमान श्रेष्ठले हिजो सबै सरोकारवालाको सपनाका रुपमा रहेको घण्टाघर स्थान, प्राविधिक पक्षको नक्साङ्कका हिसावले वसपार्क जाने चोकमा घण्टाघर निमार्ण गर्न स्थान छनोट भएको बताउनु भयो । उहाले भन्नुभयो,“ शहरलाई सहरीकरण गर्नका लागी भौतिक पूर्वाधारको महत्वपूर्ण भुमिका हुन्छ, त्यस्तै सिटी हल, रङ्गशाला, खेलमैदान, पाटीपौवा, धार्मिक स्थल निमार्ण गर्न अवश्यक छ, त्यसैले विदुर नगरपालिकालाई नगरीकरणका लागी अथवा सहरीकरणका लागी यो घण्टाघरको पनि महत्व छ ।”

प्रतिक्रिया दिनुहोस्