११ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

लगानी सम्मेलनमा नेपाली अर्वपति उद्यमी बिनोद चौधरी उपेक्षित

काठमाडौं—निकै तामझामका साथ काठमाडौंमा शुरु गरिएको लगानी सम्मेलनमा विश्व अर्वपति सूचिमा सूचीकृत विनोद चौधरीलाई आमन्त्रण गरिएको छैन । चौधरीसँग नेपालका चर्चित उद्यमीहरुलाई सम्मेलनमा बोलाइएको छैन । सरकारले उद्योगमन्त्री मात्रिका यादवसमेत किनारा लगाएर भब्य उद्घाटन समारोह ग¥यो ।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडा मञ्चमा आसिन थिए भने अरु मन्त्रीहरु तल थिए । तर, उद्योगमन्त्री त्यहाँपनि देखिएका थिएनन् । उनी कार्यक्रम स्थलमा पुगेपनि सिट नपाएपछि कार्यक्रमको हलबाटै बाहिरिएको पाइयो ।

लगानी सम्मेलन आयोजनाका लागि बनेको निर्देशक समितिको संयोजक अर्थमन्त्री खतिवडा नै रहेका थिए । निजी क्षेत्रसँग जोडिएर काम गर्नुपर्ने र लगानीकर्तासँग दैनिक संवादमा रहनुपर्ने उद्योगमन्त्री यादवलाई सम्मेलनको आयोजनामा भूमिका नदिइँदा असुन्तुष्ट देखिएका छन् । लगानी सम्मेलन गर्दैगर्दा भोलि लगानी भित्र्याउन उद्योग मन्त्रालयको जिम्मेवारीलाई नजरअन्दाज गर्न सकिँदैन । ६ अर्बसम्मको लगानी स्वीकृतिदेखि एकल विन्दु सेवा केन्द्रको व्यवस्थापनसम्मका काम उद्योग मन्त्रालय र मातहतको विभागले हेर्नुपर्छ । अर्वपति उद्यमी चौधरीको लगानी सम्मेलनमा आकर्षण नदेखिदा सम्मेलनमा उपस्थित केही विदेशी उद्यमीहरुले जिज्ञाशा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्