१२ श्रावण २०८१, शनिबार
Logo

ज्योति विकास बैक र हाम्रो विकास बैकविच एकिकृत कारोबार सुरु

नुवाकोट, नुवाकोटमा केन्द्रीय कार्यालय रहेको हाम्रो बिकास बैँक र ज्योत बिकास बैँकले आजदेखि एकिकृत रुपमा आफ्नो कारोबार सुरुवात गरको छ । कार्यक्रममा नेपाल राष्ट बैक संचालक समितिका सदस्य रामजी रेग्मिले ज्योति विकास बैंक सबल विकास बैंक र हाम्रो विकास बैंकलाई प्राप्ती गरेपछि झनै बलियो भएको र बैंकिङ्ग सेवा अझ विस्तारित हुने विश्वास व्यक्त गर्नु गर्नु भयो । उहाले वि.स २०७२ सालको विनासकारी भुकम्पका कारण घरबास विहिन भएका जनतालाई सहुलियत पुर्ण ब्याज प्रधान गर्न कोसिस गरेको बताउनु भयो । उहाले गरिव भुकम्पपिडितहरुको पहुच नपुग्लाले र गरिव जनतालाई ऋण लिने तरिका नजान्नाले वास्तविक भुकम्प पिडितले भन्दा सम्पन्नशालीले व्यवसायका लागी ऋण लिएको बताउनु भयो । त्यस्तै कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सन्जु पडिण्तले कृषि व्यवसाय र उद्योगका लागी बैंक तथा वित्तिय संस्थाले आफुसग भएको अर्थतन्त्र चलायनमान बनाउनु पर्ने बताउनु भयो । त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङले ज्योति विकास बैक र हाम्रो विकास बैंकले एकिकृतरुपमा कारोबार सुरु गरेपछि जिल्लामा विकासात्मक कार्य गर्न सर्वसाधारणलाई सहज हुने विश्वास व्यक्त गर्नु भयो । उहाले भन्नु भयो,“ सुकिलालाई मात्र हैन, गरिव फाटेको लुगा लगाउने र खाली खुट्टा हिड्ने गरिवलाई पनि यस बैंकले सेवा प्रदान गरोस्।”
यसैबिच ज्योति बिकास बैंकका प्रमूख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले एकिकृत कारोबार पश्चात् ज्योति विकास बैंक राष्ट्रिय स्तरको बैंकहरुमा चुक्ता पूँजीको हिसाबले सबै भन्दा ठूलो विकास बैंक भएको, शाखा सञ्जाल र बैंङ्गिग सेवाको दृष्टिले उत्कृष्ट बैंक भएको बताउनु हुँदै लघु कर्जा देखि ठुला औद्योगिक कर्जा लगानी गर्न र अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।
एकिकृत कारोबार पश्चात् ज्योति विकास बैंकको ग्राहक संख्या २ लाख ४० हजारभन्दा बढि, निक्षेप २६अर्व ३८ करोड र कर्जा २३ अर्व ५७ करोड पुगेको छ बैंकको चुक्ता पुँजी ३ अर्व १० करोड पुगेर चुक्ता पुँजीको हिसावले देशकै ठुलो विकास बैंक बन्न सफल भएको छ । हाम्रो विकास बैंक ज्योति बिकास बैंकसँग गाभिएसँगै ज्योति विकास बैंके चुक्ता पूँजीको हिसाबले देशकै सबैभन्दा ठूलो विकास बैंक बनेको छ ।

प्रतिक्रिया दिनुहोस्