२६ माघ २०८१, शनिबार
Logo

नुवाकाेट प्रथम फुटसल कप सुरू

नुवाकोट मदिरा व्यवसायी संघको आयोजनामा आज देखि दुई दिने प्रथम नुवाकोट फुटसल कप सुरु भएको छ । प्रतियोगिताको जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङले उद्धाटन गरेका हुन ।

“स्वास्थ नै मूल धन हो ” मूल नाराका साथ जिल्लाका विभिन्न क्षेत्रका पेशाकर्मी समुह, संघरसंस्था लगायतको समुहलाई प्राथमिकता दिई खुला फुटसल कप प्रतियोगिता आयोजना भएको संघका महासचिव राजु बोगटीले जानकारी दिनु भयो ।

आज भएको पहिलो खेलमा कोलनी युथ क्लब विरूद्ध गोसाईकुण्ड युथ क्लबबिच भएको खेलमा कोलेनी १०-५ ले विजयी भएका छन् । खेलमा गोसाईकुण्डका दिलिप गौतम म्यान अफ दि म्याच भए ।

खेलमा १० टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक मनिष नगरकोटीले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमशः ५० हजार, ३० हजार र १० हजारसहित प्रमाण(पत्र र मेडल प्राप्त गरिने कार्यक्रम संयोजक नगरकोटीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्