१२ श्रावण २०८१, शनिबार
Logo

सामुदायिक आँखा केन्द्र नुवाकोटमा कम्प्युटर प्रविधिबाट आँखा परिक्षण शुरु

बिदुर , जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटमा बिहिबारबाट कम्प्युटर प्रविधिबाट आँखा परिक्षण शुरु गरिएको छ ।
जिल्ला सामुदायिक आँखा केन्द्रमा आखामा लाग्ने चस्माको पावर जाँच गर्ने अत्याधुनिक मेसिन जडान गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख शंकर अधिकारीले जानकारी दिनुभएको छ ।
केन्द्रमा अत्याधुनिक मेशिन जडान गरिए पछि केन्द्रमा आँखाको सबै खाले समस्याको उपचार हुने प्रमुख अधिकारीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्