१२ श्रावण २०८१, शनिबार
Logo

दृष्टिविहिन युवतीलाई जबरजस्ती करणी गर्ने एक युवक प्रक्राउ

नुवाकोट, दृष्टिविहिन युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा नुवाकोट प्रहरीले एक युवकलाई प्रक्राउ गरेको छ । नुवाकोटको किस्पाङ गाउपालिका वडा नं २ स्थित अम्बोटेका ३७ वर्षिय हरि बहादुर तामाङलाई बलात्कार गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो । नुवाकोटकै २५ वर्षिय दृष्टिविहिन महिलालाई प्रलोभन देखाई जबरजस्ती करणी गर्ने तामाङ विरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको हो । अभियुक्त तामाङ विरुद्ध परेको मुद्धाको आवश्यक छानविन तथा अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्