११ माघ २०८१, शुक्रबार
Logo

ब्यवसायी मार्फत पुस्तक खरिद गर्न माग

जिल्ला भरि सुलभ मुल्यमा पुस्तक वितरणमा एकरुपता कायम गर्न ले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको छ । गैर व्यवसायिहरुले गर्दै आएको पाठ्यपुस्तक विक्री वितरणलाई नियन्त्रण गर्ने मुख्य उदेश्यले आगामी शैक्षिक सत्रबाट पाठ्यपुस्तक विक्री गर्दा अंकित मुल्य घटाउन नपाइने संघले जानकारी दिएको छ । संघले पछिल्लो समय विद्यालयका पाठ्यपुस्तकहरु स्थानीय तहहरु मार्फत खरिद भई विद्यालयमा जाने प्रक्रियाप्रति आपत्ती जनाएको छ ।
आइतबार बट्टारमा पत्रकार सम्मेलन गर्र्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका अध्यक्ष मिनकुमार खतिवडाले २०७६ को शैक्षिक सत्रबाट पाठ्यपुस्तकहरुको अंकित मुल्य घटाएर विक्री गर्नेलाई पहिलोपटक आत्म आलोचना सहित २० हजार रकम, दोस्रो पटक आत्म आलोचना सहित ५० हजार र तेस्रो पटक महासंघको सदस्यता नै खारेज गरी आवश्यक कार्बाहि गरिने बताउनु भयो ।
गैर व्यवसायीहरुले पुस्तक वितरण गर्दा पुस्तक व्यवासायीहरु मारमा परेको बताउर्दै अध्यक्ष खतिवडाले वास्तविक ब्यसायीहरुद्धारा पुस्तक बिक्रि वितरण गर्दा क्रेता र विक्रेता दवै पक्षलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
उक्त पत्रकार सम्मेलनबाट पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले अंकित मुल्यमा पाठ्यपुस्तक विक्रि वितरण गर्ने, सदस्यता नवीकरण नँया सदस्यता तथा परिचय पत्र प्रदान गर्ने र अनुगमन समिति र माइनुट ल्कोजीङ कमिटि गठन गर्ने जस्ता कुराहरुमा छलफल गरि आवश्यक निर्णय गरेका छन् ।


त्यस्तै संघले राज्यले अनुदानमा विद्यार्थीहरुलाई उपलब्ध गराउदै आएको पाठ्यपुस्तक ब्यवसायी मार्फत नै विक्री वितरण हुनु पर्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्