नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारमा स्ववीयु चुनाव कहिले
नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा निर्वाचन आयोगको राजिनामा र क्यामपस प्रशासनको चैत्र १२ सम्म पठनपनठन बन्द भएको सुचना प्रकाशन सगै बिद्यार्थीहरुलाई घाटा भए पनि क्याम्पसमा राजनितीक गर्नेहरुको लागी फाइदा हुने देखिएको छ । निर्वाचनमा सबै संगठन सहभागितामा नजानु नै मुख्य कारण रहेको बताउदै सर्बदलिय छलफलमा माइनुटमा सही नगर्ने, निस्पक्ष तथा सर्बदलिय छलफलबाट प्रकाशन गरेको तालीकालाई एक लौटी प्रकाशन गरेको निराधार आरोप लगाउने गरेकाले आफुहरुले बाध्य भएर निर्वाचन आयोगबाट राजिनमा दिएको प्राध्यापक ठाकुर प्रसाद पुडाशैनिले जालपा न्यज संगको कुराकानीमा बताउनु भयो ।
क्याम्पसमा लगातार घोषणा हुँदै र सर्दै गरेको स्ववियु निर्वाचन नहुने भएपछि त्यसको संभावित दुर्घटनालाई मध्यनजर गदै क्याम्पस बन्द गरिएको प्रशासनको भनाई छ । भौतिक सामानको सुरक्षा तथा क्याम्पसमा हुन सक्ने संभाबित घटनालाई मध्यनजर गर्दै पठनपाठन चैत्र १२ गते सम्मको लागी बन्द गरिएको क्याम्पस प्रमुख नारायणमान डंगोलले बताउनु भयो । क्याम्पसमा फागुन २९ गते र त्यसपछि पुन चैत्र १० गतेको पटकपटक गरि चुनावको मिति सारिएको थियो । लगातार चुनाव स्थगित भइरहदा नेकपा निकटका विद्यार्थीहरु अखिल र क्राान्तिकारी चुनावको पक्षमा उभिएका छन भने कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ सबैको सहभागीतामा निर्वाचन हुनुपर्र्ने भन्दै तालाबन्दीमा उत्रिएका छन् ।
प्रतिक्रिया दिनुहोस्