नुवाकोट आर्दश बहुमुखी क्याम्पसको स्वबियू निर्वाचन स्थगित भए सगै पठनपाठन ठप्प
- नुवाकोट – नुवाकोट आदर्श बहुमुखी क्याम्पसको पठन पाठन चैत्र १२ गते सम्मको लागी बन्द भएको क्याम्पस प्रशासनले जनाएको छ ।स्वबियू निर्वाचन सम्पन्न गर्ने उद्धेश्यका साथ सम्पुर्ण बिद्यार्थी संघ संगठन तथा क्याम्पस प्रशासनको सहमतिमा बनेको निर्वाचन आयोगको राजिनामा संगै थप समस्या देखा परेको छ । गत फागुन २९ गते हुने भनिएको स्वबियु निर्वाचन चैत्र १० गतेको लागी सारिएको थियो । देशै भर चुनाव नहुने भनिएको भए पनि स्वबियु सर्मथित बिद्यार्थीहरुको दवाबमा चैत्र १० गतेका लागी निर्वाचन मिती तोकिएको थियो । तर निर्वाचन आयोगको राजिनामा सम्बन्धी बिज्ञप्ती जारी भए संगै अब चुनाब कहिले भन्ने अन्यौल भएको छ । क्याम्पसको भौतिक सामानको सुरक्षा तथा क्याम्पसमा हुन सक्ने संभाबित घटनालाई मध्यनजर गर्दै क्याम्पस प्रमुख नारायणमान डंगोलले पठनपाठन चैत्र १२ गते सम्मको लागी बन्द भएको जानकारी दिनु भएको छ । पटक पटक तोडफोड र तालाबन्दी हुदै आएको यस क्याम्पसमा फेरी पनि समस्या बढ्ने देखिएको छ । बुधबार स्वबियु निर्वाचन सम्पन्न गराउन गठन गरिएको निर्वाचन आयोगको राजिनामा र क्याम्पस प्रमुखको बिज्ञप्तीमा निर्वाचन तत्कालको लागी नहुने र प्रशाशनिक काम संगै नुवाकोट धादिङ र रसुवाको एक मात्र क्याम्पसको पठनपाठन समेत बन्द हुने भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्