१२ श्रावण २०८१, शनिबार
Logo

भोली मनाइने होलीमा जबरजस्ती लोला हाने, रंग लगाए, विकृति फैलाउने प्रयास गरे तुरुन्त कारबाही हुने

नेपालीहरुको उमंग र उत्साह बोकेर यस वर्ष पनि होली पर्व देशभरका अन्य जिल्लाहरु सहित नुवाकोटमा पनि भोली मनाइने भएको छ । होली पर्वकै अवसरमा भोली सरकारी तथा अर्धसरकारी संस्थाहरुलाई सार्वजानिक विदा दिइने भएको छ । होलीमा आफ्ना घरपरिवार, आफन्त र साथीसंगीविच एक आपसमा विभिन्न रंग दललेर रंग घोली एक आपसमा मनाइने यो पर्वमा पछिल्लो समय युवाहरुवर्ग आर्कषित भएको पाइन्छ ।

बुधबारको होली पर्व मर्या्दित र सभ्य बनाउन भन्दै प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । एक हप्ता अघिदेखि प्रहरीले काठमाण्डौ उपत्यकासहित ७७ वटै जिल्लामा चेतामूलक कार्यक्रम गरिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताउनुभयो ।
उहाँले बुधबार बिहानैदेखि सुरक्षा जाँचमा कडाइ हुने बताउनु भयो । यस्तै ठाउँ ठाउँमा प्रहरी बिट राख्नुका साथै जाँड रक्सीविरुद्धको कारबाही अभियान पनि बिहानैदेखि सुरु हुनेछ ।
उहाँले जबरजस्ती लोला हाने, रंग लगाए, विकृति फैलाए वा फैलाउने प्रयास गरे तुरुन्त कारबाही हुने बताउनु भयो ।
यस्तै, पर्वको नाममा मोटरसाइकल चलाउँदा हेलमेट नलगाउने, लापरवाहीका साथ गाडी चलाउने, तीव्र गतिमा गाडी चलाउने, २ पाङग्रे गाडीमा तीनजना राख्ने जस्ता कार्यलाई निरुत्साहित गर्न सुरक्षा योजना ल्याइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
देशभर बुधवबार बिहान ७ देखि बेलुकी ७ बजेसम्म प्रहरी वरिष्ठ उपरीक्षकको कमाण्डमा ५९७ जना ट्राफिक प्रहरी सडकमा खटिनेछन् ।

प्रतिक्रिया दिनुहोस्