१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटमा दमकल अभाव

नुवाकोट, नुवाकोटमा सेवा दिँदै आएको दमकल बिग्रिएर थन्किएको छ । पानी जम्मा गर्ने रिजर्भ ट्याङ्की चुहिने भएको छ ।
आगलागी, डढेलो लगायतका अग्नि नियन्त्रणका लागि नुवाकोटका सबै स्थानीय तहमा सेवा दिदै आएको दमकल बिग्रिएपछि जिल्ला दमकल सेवाविहीन भएको छ । केहि दिन दमकल बिग्रिएपछि जिल्लामा दमकल सेवा नहुँदा अहिलेको हिउँद तथा सुख्खायाममा आगलागी भएमा ठूलो क्षति पुग्ने जोखिम देखिएको छ ।
दमकलको पानीट्याङ्की चुहिने भएर बिग्रिएकाले मर्मत नभएसम्मका लागि सेवा दिन नसक्ने सूचना नगरपालिकाले जनाएको छ। दमकलको ट्याङ्कीबाट पानी चुहिएर प्रयोग गर्न नमिल्ने भएकाले ममर्तका लागि पठाउन लागिएको नगरपालिका उप प्रमुख गिताकुमारी दाहालले जानकारी दिनु भयो । उप प्रमुख दाहालले सुक्खायाममा दमकल विग्रीदा आगलागी र डडेलो जस्तो समस्या नियन्यत्रण गर्न विदुर नगरपालिका अन्योलमा परेको बताउनु भयो।
उपप्रमुख दाहाल भन्नुहुन्छ,“प्राविधिक सामान मगाइसकेको हुनाले बढिमा एक सातामा दमकल बन्ने छ,र पुनः दमकलको सेवा प्रदानमा नियमितता ल्याउने कार्यमा नगरपालिका जुटेको छ ।”

प्रतिक्रिया दिनुहोस्