२२ मंसिर २०८१, शनिबार
Logo

“तपाईहरुले लगाएको सेतो लुगामा कालो दाग नलागोस्” – अष्टलक्ष्मी शाक्य

नुवाकोट,

देशभर नेकपाको एकिकरण अन्योल बनिरहँदा नेकपा नुवाकोटका सबै नेता तथा कार्यकर्ता नुवाकोटको सदरमुकाम विदुर १ बान्द्रेमा भेला भएका थिए । नेकपा नुवाकोटले पार्टीबाट निर्वाचित भएका जनप्रतिधिहरुसंग आज अन्तक्रिया कार्यक्रम गरेको छ । पार्टी र जनप्रतिनिधिहरुविच अन्तरसम्वन्ध तथा जनमुखी योजना निमार्ण सम्वन्धि प्रशिक्षणको आयोजना गरि नेकपा नुवाकोटले आफ्ना जनप्रतिनिधिहरुलाई जनमुखी योजना, प्रभावकारी, दिगो र सबैको मन छुने योजना कार्यान्यवन गर्न आग्रह गरेको छ।
जनमुखी योजना निमार्ण सम्वन्धि प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाका ३ नं प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले जनप्रतिनिधिहरुलाई प्रतिपक्ष्यको मन जित्ने गरी जिम्मेवारी पुर्ण रुपमा न्याय युक्त काम गर्न आग्रह गर्नु भयो । उहाले भन्नु भयो, “आगामी दिनमा नुवाकोट जिल्ला नेकपाको लाल किल्ला बनाउनको लागी अब जनप्रतिनिधिहरुले राम्रो काम गर्नुपर्छ, नमुना काम गर्नु पर्छ ।”
त्यस्तै इन्चार्ज शाक्य भन्नुहुन्छ,“तपाई जनप्रतिनिधिहरु जनताको लागी काम गर्नुस्, सामुहिक न्यायको लागी काम गर्नुस्, अबको ५ वर्ष भित्र फर्किएर आउदा खेरी तपाइहरुले लगाएको सेतो लुगामा कालो दाग नलागोस्। जसरी सेतो कपडा लगाएर जनप्रनिधिमा जानु भएको छ, त्यसै गरी सेतै लुगामा तपाईहरु फर्किन सक्नुस्”।
साथै इन्चार्ज शाक्यले पार्टी एकिकरणको प्रकृया ढिलाई हुँदा स्थानीय तहका जनप्रतिनिधिले पनि सहि दिशा लिन नसकेको हुन सक्ने बताउदै पार्टीको घोषणापत्रलाई आधार बनाएर योजनाहरु निमार्णमा लाग्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।
उक्त कार्यक्रममा पुर्वमन्त्री एवं प्रतिनिधि सभाका क्षेत्र नं १ का सांसद हितबहादुर तामाङ, संघीय सांसद् नारायण प्रसाद खतिवडा, प्रदेश सांसदहरु केशव पाण्डे, हिरानाथ खतिवडा, बद्री मैनाली लगायतले जनप्रतिनिधि र पार्टीविचको सम्वन्धलाई अझ मजबुत बनाउन छलफल र अन्तक्रिया आवश्यकता अनुसार सञ्चालन गर्न पार्टी नेतृत्व तयार रहेको बताउनु भयो ।
कार्यक्रममा नेकपाका ३ नं प्रदेश अध्यक्ष नारायण दाहाल, सचिव आनन्दप्रसाद पोखरेल, मुक्ती प्रधान, रामशरण प्याकुरेल, गंगालाल तुलाधरलगायतले पार्टी र जनप्रतिनिधिवीच समन्वय र जनमुखी विकास योजनाहरु छनोटमा जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिनुपर्ने बताउदै कर्मचारीको अभावमा सोचेजस्तो प्रगती हाँसिल गर्न नसकेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्