११ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

सचिव पोखरेलद्धारा स्वर्गिय पडिण्तको फोटोमा पुष्पाञ्जली चढाउर्दै श्रद्धान्जली अपर्ण

नुवाकोटको कम्युनिष्ट आन्दोलन र शैक्षिक आन्दोलनका नेता गणेश पडिण्तको हृदयघातका कारण ७३ वर्षको उमेरमा निधन भएपछि जिल्लाका राजनितिक, सामाजिक तथा शैक्षिक संघसंस्थाहरुले स्मरण गरिरहेको छ ।
दिवङ्गत नेता पडिण्त बहुआयामिक व्यक्तित्व तथा समाज र राष्ट्र निमार्णका होनहार योद्धा रहेका नेकपाका प्रदेश नं ३ का सचिव आनन्द प्रसाद पोखरेलले बताउनु भयो ।
नुवाकोटको सदरमुकाम विदुरमा रहेको नेकपा नुवाकोटको कार्यालयमा नेकपाका नेता पडिण्तको स्मृतिमा श्रद्धान्जली व्यक्त गर्दै सचिव पोखरेलले पञ्चायत र शासकसग नझुक्ने राष्ट्र र राष्ट्रियताका खातिर उल्लेख्य योगदान पुर्याएका असल राजनितिक व्यक्तित्व गुमाउनु पर्दा नेकपा ३ नं प्रदेश नै शोकमा डुबेको बताउनु भयो ।
उहाले नेता पडिण्तले विगतमा जनता र देशका लागी गरेका त्याग र तपस्याको स्मरण गराउदैँ पडिण्तको फोटोमा पुष्पाञ्जली अपर्ण गर्दै हार्दिक श्रद्धान्जली व्यक्त गर्नु भयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन तथा एकिकृत अखिल नेपाल शिक्षक संगठन नुवाकोटलेको आयोजनामा सम्पन्न श्रद्धाजली कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य विमला सुवेदीले भन्नुहुन्छ “पडिण्त गुमाउनु भनेको नुवाकोट र देशले एक राजनितिक तथा सामाजिक अभियान्ता गुमाउनु होे” । नेता पडिण्त पार्टीको अभिभावक रहेको बताउदै अभिभावक गुमाउनु पर्दा सन्तानमाथि परेको आघात असह्य रहेको केन्द्रिय सदस्य सुवेदीले बताउनु भयो ।
उक्त श्रद्धान्जली सभामा नुवाकोट जिल्लाका नेकपा का राजनितिक व्यक्तित्व जनप्रतिनिधिहरु र विभिन्न शैक्षिक संगठनहरुमा आवद्ध शिक्षकहरुले नेता पडिण्तको फोटोमा पुष्पान्जली अर्पण गर्दै श्रद्धान्जली व्यक्त गरेका छन् भने नुवाकोटका नेकपाका नेता कार्यकर्ता सबै दिवङ्गत नेता पडिण्तलाई स्मरण गर्दै स्तब्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्