नुवाकोटमा तीन पत्रकार सम्मानित ।
विदुर—नुवाकोटमा तीन पत्रकार सम्मानित हुनुभएको छ। कान्तिपुरकर्मी राजेन्द्र मानन्धरलाई नेपाल आदिवासी जनजाति महासंघ फोनिजको प्रदेश नम्बर ३ ले नगदसहित शुक्रबार सम्मान गरेको छ ।
नुवाकोटको बटार स्थित होटल सतान्चुलीमा आयोजित फोनिजको प्रदेश ३ स्तरीय अधिवेशन उद्घाटन समारोहमा पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार मानन्धरलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद हितबहादुर तामाङ र फोनिजका केन्द्रीय अध्यक्ष्ा डण्ड गुरुङले पाँच हजार पाँच सय ५५ रुपैंयासहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
त्यसैगरी नुवाकोटका कान्तिपुर टेलिभिजनका संवाददाता राजकृष्ण श्रेष्ठ र नवदीप श्रेष्ठ अजनवीलाई जिल्लास्तरीय सम्मान गरिएको छ ।
उनीहरु दुवैलाई नगद र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । करिब डेढ सय प्रतिनिधिले ३ नम्बर प्रदेशको नयाँ नेतृत्व चयन गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्