१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटको बिदुरमा सुबिधा सम्पन्न पोलिक्लिनिकको सेवा सुरु

विदुर,  नुवाकोट, धादिङ र रसुवाबासीलाई लक्षित गर्दै  नुवाकोटको विदुर नगरपालिकामा चक्र देव पोलिक्लिनिक सञ्चालनमा आएको छ । रगत प्रयोगशाला सम्बन्धि सम्पूर्ण चेकजाँच सेवा रहेको पोलिक्लिनिकले जनाएको छ ।

पोलिक्लिनिकको उद्घाटन गर्दै प्रतिनिधीसभा सदस्य हितबहादुर तामाङले निजीस्तरमै पोलिक्लिनिकले जनताको स्वास्थ्यलाई स्वस्थ राख्नको लागि स्थापना गरिएको अत्याधुनिक सुविधा सम्पन्न सेवाले तिनै जिल्लाबासी लाभान्वित हुने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, विदुर नगरपालिका प्रमुख सन्जु पण्डित, उपप्रमुख गीता दाहाल, कलाकार दिपकराज गिरी लगायतले  नियमित रुपमा आफ्नो स्वास्थ्यको परिक्षण गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा नभई रहेको अवस्थामा पोलिक्लिनिकले प्रदान गरिने सेवालाई सर्वसुलभ सेवा दिनुपर्ने मन्तव्य राख्नुभएको थियो ।

पोलिक्लिनिकमा इमर्जेन्सी सेवा, ओपिडि सेवा, सम्पूर्ण रगत परीक्षण सेवा, फार्मेसी लगायतको सेवा रहेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्