१६ आश्विन २०८०, मंगलबार
Logo
final gp koirala advert

आठौ राष्ट्रिय पुरुष फुटवल प्रतियोगिताको फाइनलमा नुवाकोट,उपाधिको लागि मकवानपुरसँग खेल्ने

बिदुर,       “स्वास्थका लागी खेलकुद राष्ट्रका लागी खेलकुद” भन्ने मुल नाराका साथ शुक्रवार देखि नुवाकोटमा सुरु भएको आठौ राष्ट्रिय पुरुष फुटवल प्रतियोगिताको फाइनल चरण नुवाकोट प्रबेश गरेको छ । नुवाकोटको सदरमुकाम विदुर नगरपालिका वडा नं ४ नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा जारी आठौ राष्ट्रिय पुरुष फुटवल प्रतियोगिता नुवाकोट ललितपुरलाई सडेन डेथमा पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

आज सम्पन्न खेलमा नुवाकोट ललितपुरलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । निधारित समयमा खेल १÷१ गोलको वरावरीमा सकिएपछि खेल ट्राईवेकरमा पुगेको थियो । खेलको निधारित समयमा नुवाकोटका सन्तोष थापा र ललितपुरका कुशल श्रेष्ठले गोल गरेक थिए ।
ट्राईवेकरमा पनि ४÷४ गोलको बरावरीमा सकिएपछि खेद सडेन डेथमा धकेलिएको हो । फाइनलमा पुगेको नुवाकोटले उपाधिका लागि भोली मकवानपुरसँग प्रतिष्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्