२६ जेष्ठ २०८०, शुक्रबार
Logo
final gp koirala advert

प्रथम आदिवासी महोत्सव एक दिन थप गरी २७ गते सम्म सञ्चालन हुने

आदिवासी जनजातीका कला, संस्कृति र पहिचानको प्रवद्र्धन गर्ने उद्धेश्यले पहिलोपटक विहिबार देखि नुवाकोटमा फागुन १६ गतेबाट सुरु भएको प्रथम आदिवासी महोत्सव एक दिन थप गरी २७ गते सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । महोत्सबको आज ११ औँ दिन हो, “भाषा, कला, सांस्कृतिको संरक्षण आदिवासीको अभियान, स्थानीय, उत्पादन, कृषि पर्यटन र व्यापारको प्रवद्र्धन भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव नेपाल आदिवासी जनजाती महासंघका केन्द्रिय अध्यक्ष जगत बरामले उद्घाटन गरेका थिए ।

४ सय ४० भन्दा बढि स्टल राखिएको छ भने महोत्सव २० लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
नुवाकोटका आदीवासी जनजातीको झाँकी प्रदर्शनी, उत्कृष्ट साहित्यकार छनोट, जिल्ला स्तरिय नुवाकोट नृत्य आइडल छनोट, लघुउद्यम सामाग्री तथा विक्री, उत्कृष्ट झाँकी तथा जातीय प्रोत्साहन, धार्मिक, सांस्कृतिक पहिचान अवलोकन तथा प्रवद्र्धन गर्ने महोत्सवमा ७ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्