१८ जेष्ठ २०८०, बिहीबार
Logo
final gp koirala advert

कल्याणपुरमा रहेको अजिङ्गरे माध्यमिक विद्यालयमा अनिश्चितकालिन तालाबन्दी

बिदुर –विदुर नगरपालिका वडा नं १३ कल्याणपुरमा रहेको अजिङ्गरे माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर घट्दो क्रममा रहेको छ । विद्यालयको शैक्षिक स्तर सुधारका लागी सोहि ठाउका शिक्षाप्रेमी सरोकारवाला तथा अभिभावकले पटकपटक विद्यालयलाई ध्यानाकषर्ण गराएका थिए । शैक्षिक सुधारका लागी सरोकारवालाहरुले पटकपटक राखिको माग आज सम्म पनि पुरा भएको छैन। फागुन २२ गते विना कारण विद्यालयको पठनपाठन कार्य ठप्प भएको थियो । विद्यालय जस्तो संवेदनशिल र शिक्षा प्रदान गर्ने ठाउमा मनलाग्दीपनाले पढाई नहुने भएकाले कयौ विद्यार्थीको भविष्यमाथि नै खेलवाड हुने अवस्था सिर्जना भएकाले सरोकारवालाहरुको चासो विद्यालयको पढाई तर्फ खिचिएको हो । बुधबार सरोकारवालाहरुले राखेको सम्वन्धित भेलाबाट पनि कुनै निर्णय गर्न नसकेपछि विद्यालयको प्रशासन शाखामा अनिश्चितकालिन तालाबन्दी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्