काठमाण्डौ – काठमाण्डौको कलङ्कीमा मालवाहक ट्रकले १० वटा सवारीसाधनलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । ना ६ ख २८७१ नम्बरको ट्रकले ठक्कर दिँदा चितवनको टाँडी बस्ने समशेर गुरुङको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । गुरुङको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो