प्रधानमन्त्रीज्यू,तपाईं मृगौलाको क्षमता बढाउने उपचारका लागि गतसाता सिंगापुर उड्दै गर्दा म पनि मृगौलाको डायलाइसिस गर्न विदेश नै जाँदै थिएँ । फरक यत्ति थियो— तपाईं सिंगापुर जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान चढ्दै हुनुहुन्थ्यो भने म कञ्चनपुरको सीमावर्ती उत्तर भारतको सानो सहर खटिमातर्फ टाँगामा सवार थिएँ ।