नुवाकोट, नुवाकोटमा नदी दोहन गरी बालुका झिक्ने कार्य जारी छ । लिखु ५, बेलकोटगढी ७ र महादेवफाँट १० लगायतका स्थानमा रहेको नदीमा बढी दोहन भइरहेको छ । ककनी गाउँपालिका उपाध्यक्ष सीता खतिवडा लामाले कोल्पुखोला प्रहरीले बालुवा झिक्नेलाई सघाइरहेको बताइन् । प्रहरीले जिल्लाबाट अनुगमन आउन लाग्यो भनेपछि डोजर लुकाउँछन् ।