१२ श्रावण २०८१, शनिबार
Logo

भुमी सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिती नुवाकोट र स्थानिय निकाय बिच सम्झौता

भुमी सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिती नुवाकोटले जिल्लामा रहेका भुमी समस्यालाई समाधान गर्न गाउपालीकाहरुसंग अन्र्तक्रिया गरेको छ । बुधबार बिदुरमा आयोजित कार्यक्रममा नुवाकोटका ९ वटा स्थानिय तहबिच छलपफ तथा भुमी समस्या सम्बन्धी अन्तक्र्रिया भएको छ ।
कार्यक्रममा भुमी सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिती नुवाकोटका अधयक्ष बिन्दा ढुंगानाले आफ्नो पालीकामा रहेका दलित भुमीहिन ,सुकुम्बासी भुमी हिन र अब्यबस्थथीत बसोबासी छुट्याएर काम गर्न सबै पालीकाहरुलाई आग्रह गर्नु भएको छ । समितीको काम सहजिकरण गर्ने जनाउदै अध्यक्ष ढंगानाले गाउपालीकाको समस्या समाधानमा मुख्य भुमीका रहने बताउनु भएको छ ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा भुमी सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिती नुवाकोट सदस्य बिज्ञ बलराम आचार्य ले सम्झौता पछि गाउपालीकाले लगत संकलन गर्ने, भुमीहिन पहिचान गर्ने काम गर्नु पर्ने बताउनु भएको छ । उहाले सरकारले प्राथमिकताको आधारमा दलित भुमीहिन , सुकुम्बासी भुमीहीन र अब्यबस्थीत बसोबासी गरी क्रमश छुट्याएको बताउनु भयो
समझदारी पत्रमा हस्ताक्षर पछि गाउपालीकाका प्रमुखहरुले भुमी हिनको समस्या भन्दा पनि बढी अब्यबस्थीत बसोबासीको समस्या रहको बताउनु भयो । जिल्लामा अब्यबस्थीत बसोबास बिर्ता र गुठी सम्बन्धी समस्या रहेको पालीका प्रमुखहरुले बताउनु भयो । त्यस्तै तादी गाउपालीकाका अध्यक्ष नारायण पाण्डेले अब्यबस्थीत बसोबासी पहिचान गरि समस्या समाधान मुख्य चुनौतीको बिषय रहेको बताउनु भयो ।
बुधबार भएको कार्यक्रममा तादी गाउपालीका ककनी गाउपालीका, लिखु गाउपालीका , तारकेश्वर गाउपालीका , सुर्यगढी गाउपालीका , दुप्चेश्वर गाउपालीका, म्यागङ गाउपालीका , किस्पाङ, शिवपुरी गाउपालीका गरी १२ स्थानिय तह मध्ये ९ वटा स्थानिय तहले भुमी सम्बन्धी समस्या समाधान आयोग जिल्ला कार्य समिती संग समस्या समाधानको लागी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा भुमी हिन समस्या पहिचान, लगत संकलन, प्रमाणिकरण गर्ने , सहजिकरण समिती गठन, लगत संकलन तथा जग्गा नाप जाचको लागी आबश्यक पर्ने संयोजक सर्भेक्षक ,अमिन, सामाजिक परिचालक , तथ्यांक संकलक, तथ्यांक प्रबिष्ठी कर्ता सहयोगी र आबश्यक पुर्वाधार गाउपालीकाले ब्याबस्थापन गर्नु पर्ने लगाएतका बिषय उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्