२६ जेष्ठ २०८०, शुक्रबार
Logo
final gp koirala advert

तारकेश्वरको ऐतिहाँसिक धार्मीक तथा पर्यटकिय स्थल ढिकीजातो चुलिको १ बर्षमा १८ हजार भन्दा बढी पर्यटकले अवलोकन गरे

तारकेश्वर गाउपालिका वडा नम्बर ६ मा अवस्थित ऐतिहाँसिक धार्मीक तथा पर्यटकिय स्थल ढिकीजातो चुलिको पर्यटक प्रवद्धन गर्ने उद्देश्यले सुरु भएको हाइकिङ्ग अर्थात पदयात्रा अभियानको आज १ बर्ष पुरा भएको छ ।
“तारकेश्वरको अभियान ढिकी जातो चुलिको पहिचान’’भन्ने नाराका साथ बागेश्वरी सेवा समाजले हाइकिङ्ग अर्थात पदयात्रा अभियानको सुरु गरेको बागेश्वरी सेवा समाजका अध्यक्ष राजन रिमालले बताउनु भयो ।
समुन्द्रि सतहबाट १७ सय मिटरको उचाइमा रहेको सो स्थान भन्दा माथी १८५८ मिटरको उचाइमा अर्को पोखरेचुली अवस्थित छ । पर्यटकिय स्थल ढिकीजातो चुली र ऐतिहासीक फिर्केपकोट प्रचार प्रसारको अभाबमा ओझेलमा पर्दै आइरहेको समयमा समाजले पदयात्रामा सुरु गरे सगै एक बर्षको अबधीमा १८ हजार भन्दा माथी आन्तरिक तथा बाह्य पर्यटकहरुले भ्रमण गरि सकेको अध्यक्ष राजन रिमालले बताउनु भयो ।
पृथ्वी नारायण शाहाले नेपाल एकिकरणको समयमा २ पटक सम्म नुवाकोटका अन्य स्थलबाट आक्रमण गर्दा असफल भए पछि पोखरे चुलीलाई क्याम्पको रुपमा बिकास गरि एकिकरणको लागी रणनिती योजना बनाउने स्थानको रुपमा प्रयोग गरेको भनाई रहेको नेकपा नेता हरी प्रसाद रिमालले बताउनु भयो । त्यस्तै सैनिकहरुलाई खाद्यन्न ब्याबस्थापनको लागी त्याहा ढिकी जाँतो बनाईएको स्थानिय अगुवाहरुले बताउने गरेको नेता हरी प्रसाद रिमालले बताउनु भयो ।
ढिकी जाँतो चुली सँगै भुमेस्थान मन्दिर पनि छ । गोरखामा रहेको भुमेस्थान मन्दिरमा शुभकाम गर्नु अघि पृथ्वीनारायण शाहाले पुजाआजा गर्ने गरेकोमा सोही परमपरा धान्न भुमेस्थान स्थापना गरि पुजारी पनि गोरखाबाट मगर नै बोलाएर राखिएको मगर राखेको किन्बदन्ती छ । अहिले भुमेस्थान मन्दिर वरी परि बस्तीमा रहेका मगर जाती तत्कालिन समयको पुजारीका सन्तती रहेको स्थानियहरुको भनाई छ ।
चालु आार्थिक बर्षमा ऐतिहासिक , धार्मीक तथा पर्यटकीय स्थान ढिकीजातो चुलीलाई बिकाश र प्रबद्र्धन गर्न डिपीआर सुरु भैरहेको र चुलीमा खानेपानीको ब्याबस्थान गर्ने लक्ष्य रहेको तारकेश्वर गाउपालीकाका अध्यक्ष रमेश बहादुरवस्तीले बताउनु भयो ।
चालु आर्थिक बर्षमा ढिकी जाँतो चुलीसम्म जानको लागी रेलीङ सहितको पक्की बाटो र ढिकी जाँतो चुलीमा ढिकी र जाँतोको खोजी गर्ने र त्यसलाइ संरक्षण गर्नको लागी कम्पाउण्ड बनाउने ,पोखरे चुलीमा भ्यु टावर बनाउने लक्ष्य रहेको समाजले बताएका छ । पोखरे चुलीबाट हिमाली क्षेत्रका सेता हिमाल र नुवाकोट जिल्लाको १२ वटै स्थानीय तहको अवलोकन गर्न सकिने छ । रसुवा धादिंङका अधिकांस भुभाग यो चुलीबाट अबलोकन गर्न सकिने छ । काठमांडौ उपत्यका समेत यहाबाट देखीने हुदा पछिल्लो समय तारकेश्वर गाउपालीका वडा नं ६ मा रहको यो स्थान आन्तरिक तथा बाह्य पर्यटकको नजरमा पर्ने गरेको समाजले बताएको छ
तारकेश्वर गाउपालिका र बिदुर नगरपालिकाको सिमा क्षेत्रमा पर्ने सो स्थानको प्रवद्र्धनका लागी तारकेश्वर गाउपालिकाले आर्थिक बर्ष २०७६ ÷७७ मा १० लाख बजेट विनियोजन गरेको थियो । गाउपालीकाले बिनियोजन गरेको बजेटबाट ढिकी जाताचुली जाने बाटोमा मेसिनरी सिढी बनाइएको छ । ३ सय मिटर लम्बाई भएको सिढी तारकेश्वर गाउपालीका वडा नं ६ को फिर्केपकोटमा रहको भुमेस्थान मन्दिरबाट सुरु भई ढिकी जातो चुली पुर्याइएको छ ।
गाउपालीकामा यस्ता अथाहा पर्यटकीय स्थलहरु गुमनाम भएको अबस्थाको सुधार गर्ने यो पहिलो खुट्कीलो रहेको सरोकार वालाहरुको भनाई रहको छ ।
ढिकी जाातो चुलीलाइ पर्यटकिय क्षेत्रमा बिकास गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाइ आकर्षण गर्ने र यस क्षेत्रका स्थानियको आर्थिक स्तर बढाउने लक्ष्य रहेको बागेश्वरी सेवा समाजले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्