म गरिब चेपाङ भएं बेघरबार
देबी काफ्ले ,
मलाई मेरो यो दरबारमा
अौधी खुशि लाग्छ बाबा
मैले यो दरवारमा
अचम्मै माया पाउंछु बाबा
मैले यै दरवारभित्रको
मचानमा फाटेको चोलोभित्र
झोली परेको अामाको
लाम्टो चुस्न पाउछु नि बाबा।
मलाई यो दरबारमा
अौधि रमाईलो लाग्छ बाबा
यो दरबारभित्र मजेरीमा
बाले कालै मैला पसेका
नङ्राले पसिना चुहेको निधार कन्याउदै
मुसुक्क थोते दांत देखाउंदै
दिएको गुच्चा र भुरुङ नचाउन पाउछु नि बा।
मलाई यो दरवार अौधि ठूलो
लाउछ नि बाबा
भित्र हेरन हाम्रो अोछ्यान
हाम्रो भान्छो,
मुनीको खोर
लुगा झुन्ड्याउनी डोरो
हामी बसेर अाटो खानी मचान
मकै राख्नी शुली ,भकारी
अनि हाम्रो यो घर दरवार हैन त बाबा?
बाबा शहरां बस्नीले हाम्रो घरलाई
किन गोठ भन्छन् बाबा?
बाबा अस्ति भक्खर हजुरसितै
बसेर अाटो र कर्कलो खादा बसेको
मेरो गलैंचालाई किन गुन्द्री भन्छन् बाबा?
हाम्रो घरलाई गोठ भन्नेहरु
हाम्रो मखमली बिस्तरालाई
गुन्द्री भन्नेहरुले अब हाम्लाई नै
गाईबाख्रा भन्ने त हैनन् बाबा?
बाबा तिम्रा साथी संसद भय अरे
बाबा तिम्रा साथी मन्त्री भय अरे
खुशिले नाचेका हैनौ र बाबा?
यै मचानमा बसेर ढिडो खांदै
अब हाम्रा दुखका दिन सकिय
अब सबै बराबर भनेका अंकलले
किन हाम्रो दरवार जलाईदिए बाबा?
किन ध्रुवे हात्ती पठाए बाबा
हाम्लाई अार्को ठूलो घर बनाईदिन हो?
अनि हामी पलङमा सुत्ने बाबा
अनि हाम्ले चामलको भात खाने बाबा
अब हाम्रो नयाँ घर बन्छ बाबा?
बासै उठ्यो नयाँ घर कहाँ ???
हात्तीले लात्ती हान्यो
अागोले ज्वाला निकाल्यो
म गरिब चेपाङ भएं बेघरबार
प्रतिक्रिया दिनुहोस्