कृषि क्रान्तिको लागि किसानको वर्गिकरण गरिनेछः कृषिमन्त्री खनाल’
ककनी, कृषि तथा पशुपंक्षी मन्त्री चव्रmपाणी खनालले स्वदेशमै रहेर आत्मनिर्भर हुन नसकी विदेशीन बाध्य युवाहरुलाई स्वदेशमै रोजगारीको वातावरण बनाउन लागिएको बताउनुभएको छ ।
पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आयोजनामा नुवाकोटको पर्यटकिय क्षेत्र ककनीमा ५ दिनदेखि सञ्चालित पोष्टबहादुर बोगटी स्कृति कृषि प्रदर्शनी मेलाको समापन गर्नुहुँदै मन्त्री खनालले ठूलो संख्यामा युवाहरुलाई कृषिमा आकर्षित गर्ने बताउनुभएको हो । त्यसको लागि अनुदानको व्यवस्था गर्ने र कृषिमा निर्भर रही जिवन बिताएकाहरुका लागि किसान पेन्सनको व्यवस्था गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
‘किसानलाई सहुलियत ऋण ५ प्रतिशत ब्याजदरमा ऋण मिनाहा गरिएकोमा किसानले पाएनन्’, उहाँले दुःख व्यक्त गर्दै भन्नुभयो–‘वास्तविक कृषकले पाएनन् यस वर्ष मैले किसान वर्गिकरण परियोजना लागू गदैछौँ ।’ कृषिमा लाग्दालाग्दै बुढेसकालमा बुढेसकालमा ६० वर्षपछि राम्रो सम्मानका साथ बाँचन र खान लाउन पाउने व्यवस्था हुने र त्यो काम यसैवर्षदेखि लागू गरिने उहाँले बताउनुभयो । ‘त्यसको लागि २५ करोड बजेटको व्यवस्था छ । कृषिमा युवालाई १ अर्ब छ’, उहाँको आशा छ–‘अब त्यसले एक हजारलाई व्यवसायिक बनाउनेछ ।’
कृषिमा संलग्न अपांगहरुलाई पहिलो प्राथमिकता, महिलालाई दोस्रो र सिप सिकेर आउने युवालाई तेस्रो प्राथमिकतामा राखिएको मन्त्री खनालले बताउनुभयो । उहाँका अनुसार आगामी तीन वर्षमा ५ हजार युवा कृषिमा थपिनेमा विश्वास गर्दै उनीहरुको व्यवसायीकरण र रोजगार बन्नेछन् ।
नेपालमा कृषिको समस्या सयौँ वर्षदेखि उस्तै रहेको दर्शाउँदै मन्त्री खनालले कृषिका हजारौँ समस्याहरुलाई हल गर्न नसकिएपनि राम्रा कामको सुरुवात यो वर्षमै गरिन लागिएको बताउनुभयो । कृषिमा समस्याको वास्तविक पहिचान गरेर समाधानतर्फ सरकार केन्द्रित भएको पनि उहाँको भनाई छ । ‘सयौँ वर्षदेखि किसानले संघर्ष गरे । किसान आशा गरेजसरी उनीहरुको जीवनमा परिवर्तन हुनेगरी सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको छ’, उहाँले किसानहरुलाई विश्वस्त पार्दै भन्नुभयो–‘कृषिमा अब आमूल परिवर्तन हुने कुरामा म किसान दाजुभाईलाई ढुक्क हुन आग्रह गर्दछु ।’
अब पर्यटन, उर्जा मन्त्रालयमार्फत र खासगरी कृषि तथा पशुपंक्षी मन्त्रालयमार्फत् धेरै योजनाहरु किसानका लागि कृषिमा ल्याएको बताउनुहुँदै उहाँले ३ वर्षमा देशमा मुख्य बालीहरुमा आत्मनिर्भर बनाउने, ५ वर्षमा समग्र रुपमा र सात वर्षमा फलफूलमा आत्मनिर्भर हुने विश्वास दिलाउनुभयो ।
देशमै यसवर्ष मल कारखाना र दुईवटा दुधका कारखाना स्थापना गरी पाउडर दुधलाई आयातमा पुर्ण रुपमा बन्द गरिएको दाबी गर्नुभयो । ‘अब किसानको दुध बाटोमा पोखिने अवस्था हुँनेछैन’, उहाँले विश्वास दिलाउँदै भन्नुभयो–‘त्यसको ग्यारेण्टी समेत गर्दछु ।’ त्यसका लागि धुलो दुध उत्पादन गर्ने कारखानालाई बन्द गर्न ५ रुपैयाँ प्रतिलिटर दुधमा अनुदान दिएर भएपनि अहिले किसानको दुध बोटोमा पोखिनबाट जोगिएको उहाँले दाबी गर्नुभयो ।
अहिले अर्गानिक तरकारीको माग विदेशबाट ठूलो मात्रामा रहेको बताउँदै मन्त्री खनालले भन्नुभयो–‘नेपालको तरकारीको लागि जर्मनबाट माग छ । म आएको एक वर्षमा कतारमा हामीले अर्गानिक तरकारी पठाउन थालिएकोमा विगत एक महिनामा मात्रै एकहजार पाँचसय मेट्रिक टन निर्यात ग¥यौँ’,
खनालले यदी स्थानिय तहहरुले कृषिको बजेट कृषिमै खर्च गर्ने प्रतिबद्धता हुने हो भने सिधै केन्द्रको बजेट स्थानिय तहमै पठाउने प्रतिबद्धता जनाउनुभयो । ‘अहिले ५ करोड पठाइएको छ, अब अरबौँ पैसा पठाउने व्यवस्था हुनेछ ।’
किसान आन्दोलनमा लामो समय राजनीतिसमेत गरेका पुर्वमन्त्री एवं नेता पोष्टबहादुर बोगटीको विचारलाई स्थापित गरी कृषि क्षेत्रको सम्भावना पहिचान र कृषि उपजको प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको कृषि प्रदर्शनी मेलामा १ सय ९७ जना कृषकहरुले करिब ८ सय प्रकारका वस्तुहरु प्रदर्शनीमा राखेका थिए । मेला पुर्ण रुपमा सफल हुनुका साथै यसबाट नेपालको कृषि क्रान्तिको अभियानमा नयाँ शसक्तीकरण थपिएकोमा मन्त्री खनालले खुसी व्यक्त गर्नुभयो । ‘त्यसकारण हाम्रा प्रतिष्ठित व्यक्तित्वको नाममा गरिएको मेलाबाट पनि कृषिका संभावनाहरुलाई उजागर गरिदिएको छ’, उहाँले भन्नुभयो–‘सरकारले यो संभावनालाई लागू गर्न तयार छ ।’ यस्ता मेलाहरु आगामी दिनमा गर्दै जाने सरकारको योजना रहेकोले कृषि मेलाको प्रदर्शनीबाट बजार प्रवद्र्धन र बजारीकरण मात्रै नभएको बताउनुहुँदै मन्त्री खनालले यसका बिउबिजन उत्पादन गरी देशैभरी पु¥याउने लक्ष्यसमेत रहेको जनाउनुभयो । ‘रैथाने बिउहरु प्रवद्र्धन गर्न सरकारले जोड दिएको छ । कृषकलाई सम्मानसहित यसप्रकारका मेलाहरु आयोजना गर्दै प्रवद्र्धन गर्न सारा किसानहरुको सामु चिनाउने, प्रतिष्पर्धा र प्रोत्साहन गर्न बजेटमार्फत् जानेछौँ ।’
ककनी कृषि मेलाको समयअवधिभर बालाजु ककनी खण्डको सडक वर्षौँदेखि अलपत्र परेको गुनासाहरु आएको विषय आफूले सुनेको बताउनुहुँदै मन्त्री खनालले आफ्नो मन्त्रालय अन्तर्गत नपरेपनि यस सडकको दुर्दशाका बारेमा सम्बन्धित मन्त्रालय र प्रधानमन्त्री समक्ष जनातलाई सास्ती भोगिरहेको हुँदा छिटो निर्माण सक्न अनुरोध आफूले गरिदिने नुवाकोटवासीलाई आश्वासनसमेत दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्