ENPHO CWAST BSF Biostand Water Filter TWS Nuwakot Trishuli

पछिल्लो २४ घण्टामा नेपालमा एक सय चार जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

३४ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा एक सय चार जनामा सङ्क्रमण पुष्टि भएको हाे । याेसँगै नेपालमा कोराना पोजेटिभ हुनेको कुल सङ्ख्या दुई लाख ७४ हजार नौ सय ७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ६३ जना निको भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार ५० पुगेको छ । अहिले नौ सय ११ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणका कारण तीन हजार १२ जनाले ज्यान गुमाएका छन् । 

Nuwakot Fall Ceiling House and Decoration