७ कार्तिक २०७८, आईतबार
Logo
Hotel Yangra Nuwakot Trishuli

नेपालमा कोरोना सङ्क्रमित ५९ हजार पाँच सय ७३,डिस्चार्ज हुनेकाे सङ्ख्या ४२ हजार नाै सय ४९

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५९ हजार पाँच सय ७३ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार दुई सय ४६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १० हजार ६ सय ४१ जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार दुई सय ४६ जनामा सङ्क्रमण देखिएकाे हाे । गएकाे २४ घण्टामा एक हजार दुई सय ४३ निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ४२ हजार नाै सय ४९ पुगेको छ ।  

pratik books stationery
trishuli web design in nuwakot

अब नेपालमा १६ हजार दुई सय ४१ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये आईसीयूमा एक सय ८२ जना र भेन्टिलेटरमा ३९ जना रहेका छन् । 

यस्तै सात हजार आठ सय ८३ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा चार जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ८३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्