ENPHO CWAST BSF Biostand Water Filter TWS Nuwakot Trishuli

नुवाकोटमा नदी दोहन गर्न यती खेर तस्करहरु सलबलाएका छन् । नुवाकोटको तादी, त्रिशुली, लिखु, सलाखु, फलाखु, खोलामा मेसिन नै प्रयोग गरेर र नियम विपरित नदीजन्य पदार्थ ढुंगा, गिटी र बालुवा उत्खनन गर्ने क्रम बढेको छ ।
तादी , त्रिशुली र लिखु खोलामा लकडाउनको मौका छोपेर नियम विपरित नदीजन्य पदार्थ निकाल्ने क्रम बढेको छ । त्रिशुली र तादी नदिमा अहिले बिच खोलामा दर्जनौ मेसिन देख्न सकिन्छ । लक डाउनको मौका छोपी यति खेर दोहनमा लाग्न उनिहरुलाई प्रसस्तै समय मिलेको छ । तर नुवाकोटका जनप्रतिनिधी तथा प्रहरी, प्रशासन तैचुप मैचुपको अबस्थामा छन् ।
असार, श्रावण भाद्रमा नदी जन्य प्रदार्थ उत्खनन गर्न नपाईने नितीमा उल्लेख छ तर यो समयमा पनि कुनै बर्ष नरोकिएको बेल्कोटगढी नगरपालीकाका एक राई थरका स्थानिय मजदुरले बताए । उनले“खोलाको छेमा घर छ दर्जनौ मेसिन खोलामा प्रयोग गरिन्छ, तर हामी साबेल र डोको बोकेर जादा हामी माथी ज्याददी गरिन्छ ”।
उसो त तादी खोलाका किनारमा खेतीपाती गर्ने कृषकको पिडा पनि कम छैन । तिन बाली लगाएका जमिनमा अब पानी अभाबले एक बाली पनि लगाउन कठिनको अबस्था आउन लागेको एक कृषक बताउछन् ।“२÷४ बर्ष पहिला मेरो खेतमा पानी सजिलै आउथ्यो अहिले बर्खामा खोला बढे पछि मात्र पानी आउछ , बालुवा झिक्नेले गर्दा यसो भएको हो । ”उनले भने पानी लाउन बाध बध्न गयो खाल्टोमा परेर मरिएला भन्ने डर ,“त्यसैले माइमाई केताकेटीलाई पानी लाउन पठाउनै छाड्यौ ”। पोहोर साल कान्छो संग ठेक्दारको झगडा भयो, डोजर लाएर मार्दिन्छु भन्यो ,बोल्नै हुन्न हजुर मार्लान भन्ने डर ”उनले भने ।
उसो त तस्करहरुले बर्षको भेलमा पनि मजदुरहरुलाई दिउसो प्रयोग गर्ने र राती मेसिन चलाउने गरेको सबै पक्षलाई थाछ । स्काभेटरले बनाएको खाल्टोमा डुबेर ति मजदुर र तिनका सन्तानको मृत्यु हुदा स्वासको मुल्य लाखमा मिलाउनेहरुलार्इृ कहिल्यै अन्य कानुनी कारबाही भएको पाइएको छैन । वर्खायाम लाग्ने बेलामा नुवाकोटका खोला नदीहरुमा बालुवा व्यवसायीहरु खाल्डा खुल्डी बनाएर राख्ने गरेका छन् । नदीमा आएको बाढीले ल्याउने बालुवा खाल्डोमा जमाउन र आफु अनुकुल खोलामा मेसिन प्रयोग गरेर निकाल्नका लागि नदी सानो भएको बेलामा खाल्डो पार्ने गरेका छन् । यो खाल्डोमा परेर करिब एक महिना अगाडी लिखुखोलामा एक ९ बर्षिय निर्दोष बालकले ज्यान गुमाए । गएको वर्षपनि ककनी गाउँपालिकामा बालुवा निकाल्न बनाइएको खाल्डोमा परेर एक जनाको मृत्यु भएको थियो ।
नदिमा हेभी इक्वीमेन्ट प्रयोग गरेर दिउसो र राती दुबै समयमा बराबर ढुंगा,गिटी र बालुवा झिक्ने काम भैरहेको स्थानियले बताउदै आएका छन् ।
नुवकोटमा स्थानीय अनुगमन समितिले अनुगमन गर्दै आए पनि अनुगमन प्रभावकारी भएको पाइएन पिपल्टारका एक स्थानिय युवाले भने । “स्काभेटर चलाउनेलाई ठुलाबडाबाट बर्षेनी संरक्षण हुदै आएका छ , बालुवा चाल्ने मजदुरलाई यिनीहरुले लाठी चार्ज गर्छन” ।उनले भने ।
हाल नुवाकोटमा विदुर नगरपालिका वडा नम्बर ५ मा बेलकोटगढी नगरपालिका १० ,लिखुगाउपालिका वडा नम्बर ४ गणखारमा ,वडा नम्बर १ को ढिकुरे, पन्चकन्या गाउँपालिका वडा नम्बर २ आप्र,लिखु गाउँपालिका वडा नम्बर ५ र ६, कोल्पुखोला लगाएतका स्थानमा नदि दोहन हुदा समेत स्थानिय सरकार र प्रशासन चुपचाप बस्नुले उनीहरुले नै यसबाट मनग्य फाइदा लिएर नदेखे झै गरेर बसेको देखिन्छ ।

Nuwakot Fall Ceiling House and Decoration